Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । धनगढी– सरकारी पक्ष र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेको कार्यकक्षमा वार्ता सुरु भएको हो ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडेल सहभागी छन् ।
डा. केसीका तर्फबाट डा.पवन थापा र डा. अमृत जैसी वार्तामा सहभागी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij