Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै विदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो ।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र सबै कर्मचारीहरुले आफ्नो स्पष्टीकरण पेस गर्नुपर्ने बताएको छ ।
‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम विदा स्वीकृत नगराई लगातार साठी (६०) दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएकोले उल्लिखित कर्मचारीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने रु विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ ।
मन्त्रालयका अनुसार उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा कान्ति बाल अस्पताल महाराजगञ्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij