
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै उजुरी दर्ता भएको छ ।
शुक्रबार बिहानै पाण्डेको मृत्युको खबरले सारा बलिउड स्तब्ध बनेको थियो । पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा अभिनेत्रीको मृत्यु भएको घोषणा गरेकी थिइन् । सर्भिइकल क्यान्सरका कारण अभिनेत्रीको मृत्यु भएको बताइएको थियो ।
तर शनिबार पाण्डे आफैँले एउटा भिडिओ शेयर गर्दै सर्भिकल क्यान्सरप्रति जागरूकता जगाउन आफ्नो मृत्युको नाटक गरेको बताइन् । पब्लिसिटी स्टन्ट र पीआरका लागि पुनमले मरेको नाटक गरेको अनि यो उचित नभएको अधिकांशको भनाइ छ ।
वकिल अली काशिफ खान देशमुखले पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अभिनेत्रीको म्यानेजर निकिता र एजेंसी हटरफ्लाईविरुद्ध पनि एफआईआरको माग गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij