
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुँदैछ । केहीबेरमा शुरु हुने वार्ताले केही सकारात्मक सन्देश दिने अपेक्षा गरेको संघर्ष समितिका संयोजक डेकेन्द्रसिंह थेगिनले बताए ।
यसअघि बिहीबारको वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो ।
प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले दुवै पक्षका साझा निष्कर्ष प्रदेश सरकारले प्रदेशसभामा टेवल गरी प्रदेश नामकरणसम्बन्धमा के गर्ने भन्ने टुङ्ग्याउने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij