Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

फोहर टिप्ने बहानामा गरगहना चोरी गर्ने पाँच भारतीय पक्राउ

फोहर टिप्ने बहानामा गरगहना चोरी गर्ने पाँच भारतीय पक्राउ

  • काठमाडौं । काठमाडौंमा फोहर टिप्ने बहानामा गरगहना चोरी गर्ने पाँच जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीका गरगहनासहित उनीहरूलाई सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा भारतको समस्तीपुर घर भएका लक्का भन्ने विकास पोदार, सोही स्थान घर भएका ४० वर्षीय सञ्जय पोदार, ५० वर्षीया मञ्जुदेवी पोदार, बेगुसरा घर भएका २८ वर्षीय जितेन्द्र पोदार र वैशाली घर भएका २७ वर्षीय भाइलाल पोदार छन् ।

    AGNI GROUP

    दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरको ढोका फुटाएर उनीहरुले सुनका विभिन्न गरगहना र नगद धनमाल चोरी गर्ने गरेका थिए । उनीहरुले माघ २८ गते गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित दिलमाया आलेमगरको घरबाट नगद र गरगहना गरी ६५ लाख रुपैयाँको धनमाल चोरेको पाइएको छ ।

    साथै, उनीहरुले बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट २५ लाख बराबरको सुन तथा नगद र गोकर्णेश्वर नगरपालिका-३ की गीता राईको घरबाट ४१ लाख रूपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij