
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । ४८ वर्षको उमेरमा भारतीय टेलिशृंखला अभिनेत्री डोली सोहीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको आजै अन्तिम संस्कार हुँदैछ । एक दिनअघि उनकी बहिनी अमनदीपको पनि मृत्यु भएको थियो ।
डोली लामो समयदेखि क्यान्सर पीडित थिइन् । क्यान्सरकै कारण उनले टेलिशृंखला 'झनक' छाडेकी थिइन् ।
उनले 'भाभी, कलशः, मेरी आशिकी तुम से ही, खुब लडी मर्दानी, झाँसी की रानी' जस्ता टेलिशृंखलामा अभिनय गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij