Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ट्राफिक प्रहरीको हत्यामा संलग्न सातजना सार्वजनिक

ट्राफिक प्रहरीको हत्यामा संलग्न सातजना सार्वजनिक

  • काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एकजना १३ वर्षका नाबालिग छन् ।

    AGNI GROUP

    काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले पत्रकार सम्मेलन गरी घिमिरेको हत्यामा संलग्नलाई बालाजु अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट पक्राउ गरिएको जानकारी दिए । भाग्न लागेको बेला उनीहरुलाई पक्राउ गर्न हवाई फायर समेत गरिएको हो ।

    पक्राउ परेकाहरु सबै लागुऔषध प्रयोगकर्ता रहेको एसएसपी रजौरेले बताए । घिमिरे शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरमा मृत फेला परेका थिए ।

    उक्त घरलाई लागुऔषध प्रयोगकर्ताले अखडा बनाएका थिए । प्रहरी जवान घिमिरे खोटाङको मझुवागढी नगरपालिका–१ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–१०, गोंगबुको गणेशस्थान बस्दै आएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij