Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । प्रदेश योजना आयोग, कोशी प्रदेशको उपाध्यक्षमा झापाका डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
यस्तै बैठकले मुख्य न्यायधिवक्तको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको उनको भनाइ छयसैगरी सांसद भक्ति सिटौला क्यानडा भ्रमणमा जाने भएकाले कूटनीतिक राहदानीका लागि प्रधानमन्त्रीको कार्यालयलाई सिफारिस गरी गराउने निर्णय भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij