Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई सत्तापक्षले बचाउ गरेको भन्दै यसले देशमा गम्भीर परिस्थिति उत्पन्न हुने बताएका छन् ।
अध्यक्ष एवं सांसद केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विभिन्न तथ्यहरूबाट समेत गृहमन्त्रीको सहकारी ठगीमा संलग्नता भएको कुरा स्पष्ट हुँदाहुँदै पनि स्वयं गृहमन्त्रीले त्यसबारे कुनै पनि प्रकारको छानबीन समिति बनाउन अस्वीकार गर्नुका साथै विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनु पर्दछ भनी सहकारी ठगी प्रकरणलाई न्यायोचित देखाउन संसदमा गरेको प्रयत्न सत्ताको आडमा गरेको एक प्रकारको बल मिचाई नै हो ।’
केसीले अगाडि भनेका छन्, ‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनु पर्दछ भन्ने उनको दाबीले कथित नयाँ शक्तिहरूको भ्रष्ट चरित्र तथा सत्ताका लागि जे पनि गर्न पछि नपर्ने सत्ता महत्वाकांक्षा झन् नाङ्गो रूपमा अगाडि आएको छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij