Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू

भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू

  • काठमाडौं । । गत हप्तादेखि भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ ।

    images
    images
    images

    बेपत्ता सांसद अनवारुल आजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्यान्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

    कोलकाताको बिधाननगरमा बस्दै आएका उनी निकट स्रोतका अनुसार आजिमले दिल्ली जाने बताएका थिए तर मे १३ देखि हालसम्म उनीसँग सम्पर्क भएको छैन । ढाकामा उनको परिवारलाई बिधाननगरका साथीले उनी दिल्लीतर्फ जाने बताएको मोबाइल सन्देशमार्फत् जानकारी गराएको बताइएको छ ।

    सञ्चारको अभाव अचानक बेपत्ता भएको भन्दै चिन्तित सांसदका पारिवारलगायत सांसदकी छोरीले बुबासँग सम्पर्क गर्न असमर्थ भएको जनाएका छन् । परिवारले बिधाननगरको बारानगर पुलिस स्टेसनमा बेपत्ता भएको उजुरी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij