Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मलेसियामा बुद्धजयन्ती मनाइयो !

मलेसियामा बुद्धजयन्ती मनाइयो !

  • काठमाडौं । मलेसियको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं बुद्धजयन्ती (वैशाक दिवस)का अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।

    onlinepatrika
    Arghakhachi

    गैरआवासीय नेपाली संघ मलेसियाको समन्वयमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, मलेसियाका वरिष्ठ बौद्ध भिक्षु दातुक के श्री धम्मरत्न नायक महाथेर र गैरआवासीय नेपाली संघ, मलेसियाका अध्यक्ष विनोद थापाले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    AGNI GROUP

    मैत्री भावनाको ध्यानसत्रसमेत सञ्चालित कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी श्रव्यदृष्य र नेपाली गीत–संगीत तथा कला प्रस्तुत गरिएको थियो ।

    त्यस अवसरमा राजदूत पौडेलले बुद्धको जन्मस्थल लुम्बिनी नेपालीको गौरवको केन्द्र भएको बताउँदै लुम्बिनी क्षेत्र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठठन (युनेस्को)को विश्व सम्पदा सूचीमा रहेको जानकारी दिँदै नेपाल सरकार बृहत् लुम्बिनी क्षेत्रको पूर्ण विकास, यसको सांस्कृतिक र वास्तुकला स्मारकहरुको संरक्षण गर्न पूर्ण प्रतिबद्ध रहेको बताएकाे क्लालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij