
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दी बेनी जाँदै गरेको बा ५ ख २८५ नं.को बस बिहान करिब पौने ४ बजे अन्नपुर्ण-१, लेवाडेमा दुर्घटना भएको थियो ।
१३ जना सवार उक्त बसका चालकसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइतेहरुको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
एकजनाको म्याग्दी बेनीमा उपचार भइरहेको छ । बस सडकको दायाँ साइडतर्फ नालामा पल्टिएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij