Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार हस्तान्तरण

युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार हस्तान्तरण

  • काठमाडौँ । ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने ‘एजिङ नेपाल’ संस्थाले प्राप्त गरेको युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम ९चट्याङ मास्टर० लाई हस्तान्तरण गर्नुभयो । युनेस्को काठमाडौँका प्रमुख क्रिष्टिने म्यानहर्टले पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभयो । 

    AGNI GROUP

    संस्था २० हजार अमेरिकी डलर ९करीब रु २३ लाख ३२ हजार० राशिको अन्तरराष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्न सफल भएको छ । कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त संस्थाले प्राप्त गरेको पुरस्कारबाट नेपालको नाम विश्वभर थप चिनिएको बताउँदै बधाई दिनुभयो । उहाँले नयाँ ढङ्गबाट ज्येष्ठ नागरिकको शिक्षाका लागि के गर्न सकिन्छ भन्नेबारेमा विज्ञको सुझावका आधारमा कार्यक्रम तय गरिने जानकारी दिनुभयो । 

    मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विश्वभरकार ७६ संस्थाको प्रतिस्पर्धामा श्रेष्ठ भई एजिङ नेपालले पुरस्कार पाउनु मुलुकका लागि गौरवको विषय भएको बताउनुभयो । सम्मानित व्यक्तित्व गौतमले ज्येष्ठ नागरिकका आधुनिक सूचना प्रविधिसमेतको उपयोग गर्नसक्ने गरी साक्षरता दिने नीतिगत व्यवस्थाका लागि आग्रह गर्नुभयो । 

    मन्त्रालयअन्तर्गत रहेको युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले ‘युनेस्को किङ सिजोङ साक्षरता पुरस्कार २०२०’ नामको सो पुरस्कार गत अन्तरराष्ट्रिय साक्षरता दिवसमा युनेस्को मुख्यालय, पेरिसले भर्चुअलरुपमा घोषणा गरी पुरस्कार राशि २० हजार अमेरिकी डलर पठाइसकेको जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट