Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रेस सङ्गठनको भेला माघ ८ मा

प्रेस सङ्गठनको भेला माघ ८ मा

  • काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्यलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेताको विशेष आतिथ्यतामा हुने भेलामा सङ्गठनका अगुवा, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, पूर्वपदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी, जिल्ला÷प्रतिष्ठान र एसोसिएट शाखाका संयोजक÷सहसंयोजक सहभागी हुने प्रेस विज्ञप्तिमा जनाइएको छ ।  बैठकले सङ्गठनको एकताप्रति प्रतिबद्ध रही फुट र गुटबन्दीमा नलाग्न देशभरका सम्पूर्ण सदस्यलाई अपिल गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट