Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

  • दमौली । निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण शुरु भएको छ । विसं २०७५  माघ महिनामा सम्झौता भएको पुल निर्माणको काम अहिले आएर बल्ल शुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ठेक्का सम्झौतानुसार काम भएको भए यतिबेलासम्म अहिले पुल अन्तिम चरणमा पुग्ने भए पनि निर्माण कम्पनीले प्राविधिक कारण देखाउँदै  निर्माणमा ढिलाइ गरेको छ । हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको जिकिर गरेको छ । उक्त कम्पनीले विसं २०७८ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का प्राप्त गरेको थियो । 

    AGNI GROUP

    निर्माण कम्पनीले अबको एक वर्षभित्र सक्ने प्रतिबद्धताबमोजिम काम शुरु गरेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । पटकपटक ध्यानाकर्षण र दवावपछि अहिले आएर बल्ल निर्माण कम्पनीले काम थालेको कार्यालयले बताएको छ ।  “काममा ढिलाइ भए पनि निर्माण कम्पनीले अहिलेसम्म म्याद थपका लागि कार्यालयमा निवेदन भने दिएको छैन”, कार्यालका सूचना अधिकारी नारायण पौडेलले भन्नुभयो, “म्याद थपको निवेदन आएपछि अवस्था हेरेर मात्र निर्णय हुन सक्छ ।”

    ठेकेदार कम्पनीका प्रतिनिधि दिवस उप्रेतीले कोभिड–१९ को महामारीका कारणले समयमा नै काम गर्न नसकिएको जनाउँदै शुरुमा डिजाइन परिवर्तन र मुग्लिन–नारायणगढ सडकको अवरोधले पनि काममा ढिलाइ भएको बताउनुभयो । “एक वर्षभित्र पुलको आधारभूत काम सक्ने गरी निर्माण शुरु गरेका छौंँ”, इञ्जिनीयर पौडेलले भन्नुभयो । 

    हाल तनहुँतर्फको भागमा जग तयार भइरहेको र चितवनतर्फ जमीनमुनिकै काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । केही दिनअघि विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्माण कम्पनीका प्रतिनिधिलाई पुल निर्माणको कामलाई तीव्रता दिन अनुरोध गर्नुभएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट