Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कानुनी सहयोग समितिले नख्खु कारागार, ललितपुरमा निःशुल्क कानुनी सेवा (प्रो–बोनो) कार्यक्रम गरेको छ ।
विशेष गरी आर्थिक रूपमा विपन्न कैदीबन्दीहरूलाई न्यायमा सजिलै पहुँच पुर्याउने उद्देश्यले सुरु गरेको प्रो–बोनो सेवाको दोस्रो संस्करणअन्तर्गत शनिबार नख्खु जेलमा रहेका कैदीबन्दीहरूसँग कार्यक्रम गरिएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जनाए ।
कारागारमा रहेका नयाँ ब्लक, डिआरसी ब्लक र सिआरसी ब्लकमा गरिएको छुट्टाछुट्टै कार्यक्रमको अध्यक्षता क्रमशः अधिवक्ता जनार्दन बन्जाडे, अधिवक्ता गोविन्दराम परियार तथा अधिवक्ता प्रतिमा राणाले गरेका थिए भने क्रमशः अध्यक्ष केसी, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल एवं वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
डिएलएका महासचिव ज्ञानेन्द्र अधिकारी, कारागारका सहायक प्रशासक सुभाष केसी, प्रहरी निरीक्षक दिवस चौधरी, सहायक प्रहरी निरीक्षक नामप्रभाव राईको विशेष उपस्थिति तथा कानुनी सहयोग समितिका अन्य अधिवक्ताको सहभागितामा सञ्चालित उक्त कार्यक्रममा जम्मा १ हजार ४९३ जना कैदीबन्दीहरू सहभागी थिए ।
आर्थिक रुपमा विपन्न कैदीबन्दीहरुलाई न्यायमा सजिलै पहुँच पु¥याउन निःशुल्क कानुनी सेवा प्रदान गर्ने उद्देश्यले डिएलएले वार्षिक कार्यक्रमको तालिकामै समावेश गरेर यो कार्यक्रम गर्दै आएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij