Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वेस्ट बैंकमा १८ जनाको इजरायली हवाई आक्रमणमा मृत्यु

वेस्ट बैंकमा १८ जनाको इजरायली हवाई आक्रमणमा मृत्यु

  • काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बिहीबार बताएअनुसार कब्जा गरिएको वेस्ट बैंक शहर तुलकरममा इजरायली हवाई आक्रमणमा कम्तिमा १८ व्यक्तिको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्यालेस्टिनी अथोरिटीद्वारा सञ्चालित समाचार एजेन्सी वाफाले भनेको छ, “आक्रमणले तुलकरम शहरको शरणार्थी शिविरमा रहेको एउटा क्याफेलाई निशाना बनाएको थियो, जहाँ धेरै नागरिकहरू उपस्थित थिए ।”

    AGNI GROUP

    इजरायली सेनाले भन्यो – वायु सेनाले आफ्नो शिन बेट सुरक्षा सेवासँगको संयुक्त अपरेशनमा तुलकरम सहरमा हमासको प्रमुख र “अन्य महत्त्वपूर्ण आतंककारीहरू” मारेको छ ।

    समाचार एजेन्सी वाफाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै यस आक्रमणमा धेरै परिवारका बालबालिका र वृद्धवृद्धाको मृत्यु भएको बताएको छ ।

    एक स्थानीय बासिन्दाले समाचार एजेन्सी एएफपीलाई इजरायलले तीन तले भवनमा रहेको क्याफेलाई निशाना बनाएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij