Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई

राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई

  • काठमाडौं । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा निर्वाचित हुने निश्चित भएका डोनाल्ड ट्रम्प औपचारिक रुपमा राष्ट्रपति नबन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    भारतीय प्रधानमन्त्री मोदीले डोनाल्ड ट्रम्पसँगको भेटको फोटाहरू साझा गर्दै ट्रम्पलाई बधाइ दिएका हुन् । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले उनलाई बधाइ दिएका छन् ।

    AGNI GROUP

    एक्समा मोदीले लेखेका छन् ‘धेरै धेरै बधाइ मेरो मित्र, तपाइँले प्राप्त गरेको ऐतिहासिक चुनावी जितका लागि आफ्नो अघिल्लो कार्यकालको सफलतालाई थप मजबुत बनाउने विश्वास सहित शुभकामना ।’ उनले अगाडि थपे ‘भारत(अमेरिकाबीचको समग्र सम्बन्ध थप प्रगाढ बन्ने र पुन सहकार्यको आशा राखेको छु ।’ उनले विश्व शान्ति र स्थिरता र समृद्दिका लागि मिलेर अघि बढ्ने आशा समेत ट्रम्पसँग राखेका छन् । 

    ट्रम्प औपचारिक जित भन्दा केवल तीन सिट टाढा छन्  । आफ्नो जित निश्चित भएपछि ट्रम्पले सम्पूर्ण अमेरिकीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै अमेरिकाले पुन एकपटक जितेको बताए । 

    उनले जितका लागि केही सिट आवश्यक भएको अवस्थामा आफू ४७ औं राष्ट्रपति बनेको घोषणा गरेका थिए । उनले अमेरिकी जनताले अभूतपूर्व जनादेश दिएको भन्दै सबैलाई धन्यवाद दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij