Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमणतालिका

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमणतालिका

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान चीनको बेइजिङ प्रस्थान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आजदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा गएका हुन् ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    सोमबार उनको कुनै भेटघाटको कार्यक्रम छैन । मंगलबार बिहान ११ बजे चिनियाँ समकक्षी ली छ्याङसँग भेटघाटको कार्यक्रम छ । १२ बजे विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

    सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग भेट गर्नेछन् । मंगलबार नै जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

    मंसिर १९ गते बुधबार प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।

    त्यसपछि बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई उनले सम्बोधन गर्नेछन् ।

    सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते साढे २ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij