Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् ।बुधबार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए ।
रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारबाही गर्यो भन्नु गलत भएको उनको भनाइ छ । गुरुङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । छानबिनलाई नै प्रभाव पार्ने काम गैरकानूनी भएको उनले बताए । सरकारका प्रवक्ता समेत रहेका गुरुङले सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिए ।
त्यस्तै उनले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गरिरहेको धारणा राखे । एआईको प्रयोग सम्बन्धी नीति ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij