Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

राष्ट्रिय परिचयपत्र विवाद आज अन्तिम सुनुवाइ

राष्ट्रिय परिचयपत्र विवाद आज अन्तिम सुनुवाइ

  • काठमाडौँ : राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले बिहीबारदेखि सुरु गरेको सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दा आज अन्तिम सुनुवाइ हुँदैछ।मङ्गलवार सरकारको भ्याकेटमा सरकारका तर्फबाट बहस भएको थियो । आज रिट निवेदकका तर्फबाट बहस सुन्दै सर्वोच्चले निर्णय सुनाउनेछ। हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

    AGNI GROUP

    यसअघि दुवै पक्षको उपस्थित नभएपछि पेशीको जानकारी दिने आदेश सर्वोच्चले गरेको थियो । उक्त आदेशपछि रिट निवेदन र सरकार दुवैका कानुन व्यवसायी उपस्थित भएपछि सर्वोच्चले बिहीबारबाट सुनुवाइ थालेको थियो । अधिवक्ता रामबहादुर राउत र विमल पोखरेले समेतको रिटमा अन्तरिम आदेश जारी भएपछि सरकारले कात्तिक २० गते भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

    अन्तरिम आदेश खारेज नहुँदा राष्ट्रिय परिचयपत्रसहित नागरिकको एकीकृत तथ्याङ्कमा समस्या भएको दाबी सरकारले गरेको थियो ।सर्वोच्चले सरकारको भ्याकेज जारी गरेमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज हुँदै सबैमा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा लागू हुनेछ।

    यदि सर्वोच्चले भ्याकेटको निवेदन खारेज हुने निर्णय सुनाएमा अन्तरिम आदेश निरन्तर हुँदै नागरिकता सहितका परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता सहितका अन्य कार्य गर्न पाइनेछ।  


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij