Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ई–सिगरेटको सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ

ई–सिगरेटको सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ

  • एजेन्सी : स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेटको सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय तमाखुविरोधी योजनाको एक भागको रूपमा युवाहरूको स्वास्थ्यको रक्षाका लागी बेल्जियममा सन् २०२५ जनवरी १ देखि ‘डिस्पोजेबल भेप्स विद्युतीय–चुरोट’ हरू बेच्न निषेध गरिनेछ । युरोपियन युनियनले सन् २०४० सम्ममा सुर्तीजन्य पदार्थमुक्त उत्पादन हासिल गर्ने लक्ष्य लिएको छ, जसले २७ देशको समूहको धुम्रपान गर्ने जनसङ्ख्यालाई हाल २५ प्रतिशतबाट घटाएर ५ प्रतिशतभन्दा कममा झार्ने छ ।

    AGNI GROUP

    ईयूका केही देशले त्यो समयसीमालाई अगाडि ल्याउने योजना बनाएका छन् । पारम्परिक सुर्तीजन्य पदार्थको धुम्रपानभन्दा ‘भ्याप्स’लाई कम हानिकारक भनी विज्ञापन गरिनेगरिएको छ । निर्माताहरूले युवा प्रयोगकर्ताहरू लाई उनीहरूको आकर्षक रङ्गीन पाकेट र मुख रसाउने स्वाद र प्रदूषित धुवाँ र गन्धबाट बच्न विद्युतीय चुरोटको प्रयोग गर्न प्रेरित गर्नेगरेको पाइन्छ ।

    विद्युतीय चुरोटलाई सुरक्षित भनी निर्माताहरूले गर्ने प्रचारका बावज्द पनि यिनीहरूमा निकोटिन हुन्छ र यसले मानिसलाई धुम्रपानका लागि अत्यधिक लत लाग्छ । बेल्जियमले ५ वर्ष भन्दा पहिले बजारमा आएका डिस्पोजेबल ई–सिगरेटद्वारा उत्पन्न खतराहरूबारे द्रुतरूपमा प्रतिक्रिया जनाउँदै सन् २०२१ मा संघीय सरकारले इयूको कार्यकारी निकाय युरोपेली आयोगमा डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेको थियो।

    कुनै पनि बिक्री प्रतिबन्धको लागि आफ्नो अनुमोदन दिनु पर्ने आयोगले मार्च २०२४ मा बेल्जियमलाई सकारात्मक प्रतिक्रिया दिएको र यसले राष्ट्रिय कानून लागू गर्न मार्ग प्रशस्त गरेको छ । फ्रान्सले पनि यस्तै प्रतिबन्धका लागि ईयूको स्वीकृति पाएको छ । कुनै पनि उल्लङ्घनको लागि १ लाख ४ हजार अमेरिकी डलर बराबरको जरिवानासहित भेप्सको उत्पादन, बिक्री र निः शुल्क आपुर्तिमा प्रतिबन्ध लगाउनेछ कानुन कार्यान्वयनमा ल्याउने तयारी फ्रान्सले गरेको छ।

    फ्रान्स र बेल्जियमका स्वास्थ्य अधिकारीहरूले निकोटिनको दीर्घकालीन सेवन विशेष गरी किशोरकिशोरीको मस्तिष्कका लागि हानिकारक हुने र यसले अन्य लागूपदार्थको प्रयोगलाई प्रोत्साहित गर्न सक्ने बताएका छन्। सन् २०२३ मा इयूले गरेको एक अध्ययनअनुसार अधिकांश विद्युतीय चुरोट प्रयोगकर्ताले रिचार्जेबल भेप रोज्ने गरेको तर डिस्पोजेबल संस्करण १५ देखि २४ वर्ष उमेर समूहका युवामाझ लोकप्रिय रहेको पाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij