Jun 05 2026 | २०८३, जेठ २२ गते
दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो।
पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल सैनिक शासन लगाएका थिए। तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइयो। युनको मार्सल ल लागू गर्ने निर्णयविरुद्ध अनुसन्धान भइरहेको छ।
उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ। अनुसन्धानका क्रममा दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनवटा समन पठाए पनि उनले बेवास्ता गरेका थिए। त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो। वारेन्टमार्फत अदालतले अनुसन्धानकर्ताहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ।
आइतबार राति अनुसन्धानकर्ताहरूले विद्रोह र शक्ति दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए। तर, युनका वकिलले यो कदमलाई अवैधु भनेका छन्। मार्सल ल घोषणायता दक्षिण कोरिया राजनीतिक संकटमा छ। युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइएको छ। बीबीसी
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij