Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ : राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आगामी पुष १९ र २० गते काठमाडौँमा बस्ने भएको छ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भाबी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
स्थानीय तहहरूको अधिवेशन, भातृ संगठनको क्रियाशिलताका बारेमा पनि बैठकमा छलफल हुनेछ साथै पुस २७ गते राष्ट्रिय एकता दिवस सधैँ झैँ भब्यतापूर्वक मनाउने समेत निर्णय हुने पार्टी स्रोतले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij