Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको बताएका छन्। असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएर असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए।
ओली नेतृत्वको अहिलेको संघीय सरकारमा कांग्रेस पनि सामेल छ। एमालेसँग मिलेर सरकार बनाउँदै ओली प्रधानमन्त्री बने पनि नीतिगत नेतृत्व भने कांग्रेसले नै गरिरहेको सिटौलाको भनाइ छ। अहिले कांग्रेस र एमालेको संयुक्त सरकार छ, प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ।
सिटौलाका अनुसार राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्री ओलीले गरे पनि नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व कांग्रेसले नै गरेको छ।‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ।
गरिब जनताको आर्थिक प्रगति गर्नुछ। पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ। दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले नै देशलाई डोहोर्याउनुछ,’ सिटौलाले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij