Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

रविसहित ७ जनाको बयान सकियो

रविसहित ७ जनाको बयान सकियो

  • काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका सभापति रवि लामिछानेसहित ७ जना बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीमा उनीहरुको बयान सकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।उनीहरुसँगको बयान सकिएसँगै मंगलबार दिउँसो २ बजेबाट थुनछेक बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । शुरुमा अभियोजन पक्ष सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ।

    AGNI GROUP

    पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ। यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij