Jun 05 2026 | २०८३, जेठ २२ गते
कोसी : पर्यटन वर्ष २०८२ को सचिवालय स्थापना गरिएको छ। आइतबार कोसी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयमा सचिवालय स्थापना गरिएको हो। कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सचिवालयको उद्घाटन गरे।
सचिवालय उद्घाटन कार्यक्रममा मन्त्री मण्डलले पर्यटक र पर्यटनको माध्ययमबाट राष्ट्रिय पुँजी निर्माण गर्ने उद्देश्यले पर्यटन वर्ष मनाउन लागिएको बताए। उनले पर्यटनको माध्यमबाट नै अर्थतन्त्रलाई चलायमान बनाउने र कोसी प्रदेशलाई पर्यटनको हवका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए।
उनले सबैको सहयोग लिएर पर्यटन वर्ष सफल बनाउने स्पष्ट पारे। कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरे, पर्यटन व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको थियो।
पर्यटन वर्षको पूर्व तयारीका लागि चालु आर्थिक वर्ष कोसी प्रदेश सरकारले १० करोड रूपैयाँ बजेट विनियोजन गरेको र सचिवालय स्थापनासँगै पर्यटन वर्षका कार्यक्रमहरू सुरू भएको जानकारी कोसी पर्यटन वर्ष निर्देशक समितिका सह–संयोजक कृष्णकुमार साहले दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij