Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। भेटमा प्रतिनिधिसभाका सदस्य विनोद चौधरीसमेत सहभागी थिए।
यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij