Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन्।
आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन गरेर सबै प्रकरणको छानबिन गर्न आवश्यक देखिएको बताए। भष्ट्राचारका कुन कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइकियो,’ उनले भने, ‘शेरादबार, ललितानिवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ। निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस्।
शक्तिशाली आयोग बनाएरै छानबिन थालौँ।‘ बाहलवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सांसदको सबैमाथि छानबिन गर्न पनि थापाले आग्रह गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij