Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं : नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले स्वर्गीय नेताहरुको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशक समितिले बिहीबार काङ्ग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बीपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरुको सम्मानमा फुटबललगायत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरेको जनाएको हो ।
जसअनुसार माघ १० देखि १७ गतेसम्म काठमाडौंको दशरथ रङ्गशालामा सभापति कप फुटबल प्रतियोगिता हुने महाधिवेशन निर्देशक समितिका संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए । विजेताले २६ लाख र उपविजेताले १३ लाख प्राप्त गर्ने र प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लबका साथै दुई विदेशी टोलीको समेत सहभागिता रहने उनले बताए । प्राविधिक सहयोग अखिल नेपाल फुटबल सङ्घ एन्फाले गर्नेछ । त्यस्तै, तेक्वान्दो माघ १८–१९ मा कैलालीको धनगढीमा हुने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij