Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
बैठक दिउँसो १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए। आउँदो पुस २१ गतेदेखि सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवदेनमाथि आज स्थायी कमिटी सदस्यहरूले सुझाव दिने सापकोटाले बताए।
बिहिबारको बैठकमा अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनको सारसंक्षेप सुनाएका थिए। उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने, जनजागरण अभियान चलाउने, गठबन्धन नगर्ने र आउँदो निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने लगायतका प्रस्ताव तयार पारेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij