Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र को स्थायी कमिटी बैठक सोमबार आज पनि जारी छ।
दोस्रो दिन बैठक ११ बजेदेखि सुरु हुनेछ। आइतबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रदेश अध्यक्षहरूले प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छन्।
आज अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने पार्टीले जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij