Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार)सम्म थुनछेक आदेश आउने सम्भावना छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना छ ।
अदालत स्रोतका अनुसार आज साँझसम्म थुनछेक आदेश आउने सम्भावना रहेको छ । अहिले सो सहकारी ठगीमा प्रतिवादी बनाईएका ४४ जनामध्ये उपस्थित भएका सातै जनालाई जिल्ला अदालत लगिएको छ ।
कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि न्यायाधीश नितिज राईको इजलासमा उनीहरुको थुनथेक बहस भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेको गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलगायत उक्त मुद्दामा मुछिएका छन् । रवि, छवि र जिबीलगायतलाई सहकारी ठगीमात्रै नभएर सम्पत्तिशुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा चलाइएको छ ।
प्रतिवादीहरुको बयान सकिएसँगै हिजो दिउँसोबाट जाहेरवालाहरुको तर्फका कानुन व्यवसायीहरुले बहस सुरु गरेका थिए । आज प्रतिवादीहरुलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउन लागेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij