Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

रवि लामिछाने रिहा भएपछि बाबुराम खुसी

रवि लामिछाने रिहा भएपछि बाबुराम खुसी

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि नेपाल समाजवादी पार्टी नयाँ शक्ति का संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले खुसी व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने ६५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएका थिए।बाबुरामले रविको रिहाइलाई अदालतको ‘विवेकपूर्ण निर्णय’ भनेका छन्।

    AGNI GROUP

    बाबुरामले आज बिहाना सामाजिक सञ्जालमा लामिछानेको तस्बिर पोस्ट गर्दै लेखेका छन्,‘अदालतको विवेकपूर्ण निर्णय ।’भट्टराईले गत मंसिर २१ गते कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई भेटेका थिए।

    त्यतिबेला बाबुरामले भनेका थिए,‘उहाँलाई अहिले एकपछि अर्को दुःख दिइएको छ। त्यो अस्वभाविक र अन्यायपूर्ण नै हो भनेर यहाँ ऐक्यबद्धता जनाउन आएको हुँ। म आएको उहाँको स्वास्थ्य अवस्था बुझ्नलाई पनि हो। उहाँलाई प्रतिशोधपूर्ण भएको मैले बुझेको छु।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij