Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

भानु नगरपालिकाले स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने

भानु नगरपालिकाले स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने

  • काठमाडौं । तनहुँ भानु नगरपालिकाले स्थानीय घरेलु मदिरालाई ब्रान्डिङ गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नगरपालिकाले आइतबार बसेको नगरसभाबाट मदिराजन्य पेय पदार्थको व्यवस्थापन गर्न बनेको ऐन २०८१ पारित गरि घरेलु मदिरालाई ब्रान्डिङ गर्न लागेको हो ।

    AGNI GROUP

    स्थानीयस्तरमा उत्पाद हुने कोदोलगगायत फलफुलको मदिरालाई गुणस्तर मापन गरी ब्रान्डिङ गर्नेगरी ऐन पारित गरिएको नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

    उनका अनुसार ऐन पारित भएसँगै नियमावली र कार्यविधि बनाएर तीव्र गतिमा अगाडि बढाउने तयारी छ । अहिले गाउँघरमा घरेलु मदिराका भट्टी चलिरहेका छन् ।  

    'गाउँका भट्टीहरूलाई वैधानिक रूपमा दर्ता गरी कानुनी दायरामा ल्याई साना उद्योगका रूपमा सञ्चालन गर्छौं,' उनले भने, 'पालिकाभित्र जनजाति बस्ती धेरै भएकाले जन्मदेखि मृत्युसम्म मदिरा चल्छ ।'

    यसरी अगाडि बढ्दा लुकिछिपी मदिरा बिक्रीवितरणमा कमी आउने नगरपालिकाको अपेक्षा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij