Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । मधेश केन्द्रित आठ दलले आगामी दिनमा सहकार्य, मोर्चालाई कसिलो बनाउन गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । दिउँसो ३ बजे लोसपा नेपालको संसदीय दलको कार्यालयमा बैठक बस्ने कार्यदल सदस्य केशव झाले बताए ।
हिजो गठन भएको कार्यदलमा जसपाबाट, इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह सदस्य छन् ।
कार्यदलले ८ दलबीचको सहकार्यलाई प्रभावकारी बनाउने, दस्ताबेज लेख्नेलगायतको काममा गर्ने जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij