Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

राष्ट्रियसभामा अध्यादेश पेस

राष्ट्रियसभामा अध्यादेश पेस

  • काठमाडौं । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा सरकारले ६ वटा अध्यादेश पेस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ राष्ट्रियसभासमक्ष पेस गरेका हुन् ।

    AGNI GROUP

    अध्यादेश पेस गर्ने क्रममा सञ्चारमन्त्री गुरुङले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने, राज्यको प्रशासनिक प्रणालीलाई चुस्त बनाउने गरी सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको बताए ।

    यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे ।

    त्यस क्रममा अर्थमन्त्री पौडेलले बजेट तथा कार्यक्रम तर्जुमालाई व्यवस्थित गर्नका लागि बनेको आर्थिक तथा वित्तीय उत्तरदायित्वका कारण अध्यादेश ल्याइएको बताए ।

    यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे ।

    बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, संविधानसभा सदस्य अब्दुलहमिद सिद्धिकी र प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वमन्त्री प्रेमलाल (पिएल) सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।

    शोक प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै सकिएको राष्ट्रियसभाको अर्को बैठक यहीमाघ २० गते आइतवार दिउँसो १:१५ बजे बस्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij