Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन, बानेश्वरमा बैठक दिउँसो १:०० बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने’ छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘विधायन विधेयक, २०८१लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij