Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नेसपा (नयाँ शक्ति) का प्रवासमा भएका प्रतिनिधिले गरे अनलाइनबाट मतदान

नेसपा (नयाँ शक्ति) का प्रवासमा भएका प्रतिनिधिले गरे अनलाइनबाट मतदान

  • काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासमा भएका प्रतिनिधिलाई पनि मतदानको अधिकार प्रयोग गर्न दिएको छ । काठमाडौंमा भएको महाधिवेशनमा हिजो मतदान भएको थियो ।

    onlinepatrika
    Arghakhachi
    प्रवासमा रहेका प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गरेको अध्यक्ष डा. बाबुराम भट्टराईले बताए ।

    उनले भने, ‘प्रवासमा रहने नेपाली नागरिकहरूले जुन देशमा छ त्यहीँबाट राज्य र पार्टीका निर्वाचनहरूमा मतदान गर्न पाउनुपर्छ भन्ने हाम्रो सुरुदेखिकै अडान छ । त्यसैलाई जोड दिँदै हामीले पार्टीको प्रथम महाधिवेशनदेखि विदेशबाटै (भारत प्रवासबाट समेत) प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गर्ने अभ्यास सुरु गरेका छौँ ।’

    AGNI GROUP

    नेसपाको नेतृत्वको लागि बाबुरामलाई नेत्र चापागाईँले चुनौती दिएका छन् । हिजो भएको मतदानको अहिले गणना हुँदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij