Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेटर्वार्ता सहित लुम्बीनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ ।
भेटर्वार्ताका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बीनी प्रदेशमा संघीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनाहरुमा ८० प्रतिसत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिसत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।
लुम्बीनी प्रदेशमा कम्तिमा पनि रु एक, डेढ अर्ब मात्रै बजेट विनियोजन भए संघीय सरकारबाट सञ्चालिन खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij