Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

एकीकृत समाजवादीद्वारा सबै कमिटीका बैठक आह्वान

एकीकृत समाजवादीद्वारा सबै कमिटीका बैठक आह्वान

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि सुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो । अभियान यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म जारी रहने छ ।

    AGNI GROUP

    काठमाडौं, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । केन्द्रीय मोर्चा संगठनको बैठक यही चैत ७ गते बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा ३ः०० बजे बस्ने बैठकले यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने विरोध प्रदर्शन तथा आमसभाको तयारी, व्यवस्थापन तथा अधिकतम जनसहभागिता गराउने विषयमा छलफल गर्ने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

    बैठकमा मातहत कमिटीलाई संगठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ । राजनीतिक अभियान अनुमोदन भएपछि वडा, गाउँ, प्रदेश र केन्द्रमा कार्यक्रमका रूपमा लैजाने तयारी छ । पार्टी काठमाडौं उपत्यका प्रदेश कमिटीको बैठक यही चैत ८ गते आह्वान गरिएको छभने पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक चैत ९ गते बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij