Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले खेलकुदमन्त्री तेजुलाल चौधरीविरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाएको छन् ।
सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिहीबार नेपाली कांग्रेस खेलकुद विभागको आयोजनामा खेलकुद नीति तथा विचार गोष्ठी कार्यक्रममा उपस्थित हुने क्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरूले मन्त्री चौधरीलाई कालो झन्डा देखाउँदै चर्को नाराबाजीका साथ राजीनामा माग गरेका हुन् ।
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुदको सांगठनिक निर्णयलाई बेवास्ता, मनोमानी ढंगबाट राष्ट्रिय खेलकुद परिषदमा नियुक्ति र पटक-पटक १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झन्डा देखाएका हुन् ।
उनीहरूले ‘खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावाद’ को नारा लगाएका थिए । संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij