
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । कोलकाताका प्रहरी आयुक्त मनोज कुमार वर्माले शहरको सबैभन्दा व्यस्त बुर्राबजार क्षेत्रको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
केही समयअघि पत्रकारहरूसँग कुरा गर्दै उनले आगलागीको कारण पत्ता लगाउन टोली गठन गरिएको बताएका थिए । पहिलो नजरमा आगो बिजुलीको मिटर नजिकै लागेको देखिन्छ ।
आगो नियन्त्रणमा ल्याइएको छ । दमकल र उद्धारकर्मीहरूले करिब एक दर्जन मानिसहरूलाई बाहिर निकालेका छन् । यो क्षेत्र शहरको सबैभन्दा ठूलो फलफूल बजारको बीचमा पर्छ ।
प्रहरी आयुक्तले मंगलबार राति ८:१५ बजे मछुवा क्षेत्रमा रहेको ऋतुराज होटलमा आगलागी भएको बताए । आगो नियन्त्रणमा ल्याइएको छ । उद्धार कार्य सम्पन्न भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij