Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

युद्धविरामका लागि हमासले राख्यो यी शर्त

युद्धविरामका लागि हमासले राख्यो यी शर्त

  • काठमाडौं । इजरायल र हमासबीच शनिबार गाजामा युद्धविरामको लागि नयाँ वार्ता सुरु भएको छ । वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताअन्तर्गत धेरै इजरायली बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ ।

    images
    images
    images
    इजरायली सेनाले गाजापट्टीमा एउटा ठूलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि उसले यस्तो प्रस्ताव राखेको हो ।

    एक प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले हमासले ६० दिनको युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा नौ इजरायली बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ ।

    images

    अधिकारीले यो नयाँ सम्झौताअन्तर्गत हरेक दिन गाजामा ४०० राहत सामग्रीले भरिएका ट्रकहरूको प्रवेश र गाजाबाट बिरामी मानिसहरूलाई निकाल्न अनुमति दिइनेछ ।

    यसको बदलामा इजरायलले बाँकी सबै बन्धकहरू जीवित भएको प्रमाण र उनीहरूको बारेमा हरेक जानकारी दिन माग गरेको छ ।

    युद्धविराम वार्ताको यो चरण कतार र अमेरिकाका मध्यस्थकर्ताहरूको माध्यमबाट दोहामा भइरहेको छ । 

    इजरायलले अहिलेसम्म यो प्रस्तावित सम्झौतामा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । तर वार्ताअघि उसले गाजाबाट आफ्नो सेना नहटाउने र युद्ध समाप्त गर्ने कुनै वाचा नगर्ने बताएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij