Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

  • काठमाडौं । गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेश मन्त्रीले इजरायल विरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    विदेश मन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआर लाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन्।

    AGNI GROUP

    उनले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताएका हुन् ।

    हामासले सन २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि दीर्घकाल सम्म जर्मनीले संयुक्त राज्य अमेरिकासँगै इजरायलको कारबाही लाई समर्थन गरेको थियो ।

    तर, अहिले इजरायल अन्तर्राष्ट्रिय स्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिए पछि आएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij