Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । विश्व खाद्य कार्यक्रमले गाजाका मानिसहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरेर खाद्यान्न लगेको बताएको छ।
मानवीय सहायता संस्था (डब्लुएफपी) ले शुक्रबार राति र शनिबार बिहान गाजामा पीठोले भरिएका ७७ ट्रक पठाएको बताएको छ।“बाटोमा सबै ट्रकहरू रोकिएका थिए र धेरैजसो खाना आफ्ना परिवारलाई खुवाउन चाहने भोका मानिसहरूले लगेका थिए,” डब्लुएफपीले भन्यो।
डब्लुएफपीका प्रवक्ता अबीर एतेफाले बीबीसीलाई बताएअनुसार ट्रकहरू उनीहरूको गोदामसम्म पुग्न नसक्ने अनुमान गरिएको थियो, त्यसैले बाटोमा भीडभाड भएमा मानिसहरूलाई सहायता सामग्री बोक्न अनुमति दिने निर्णय गरिएको छ।
इजरायलले गाजामा ११ हप्ताको लागि नाकाबन्दी लगाएको थियो, जुन मे १९ मा हटाइयो। यसका बाबजुद पनि, संयुक्त राष्ट्र संघले अहिलेसम्म आएको सहायताले जनताको आवश्यकताको १०५ मात्र पूरा गर्ने बताएको छ।
शनिबार ट्रकहरू घेर्ने मानिसहरू साधारण नागरिक थिए । खाना आउँदैछ भनेर थाहा पाउनेहरू। “यी मानिसहरू यति हताश थिए कि उनीहरू वितरण केन्द्रमा पुग्न पनि पर्खन सकेनन्,” डब्लुएफपीका प्रवक्ता अबीर एतेफाले भने।
डब्लुएफपीले सर्वसाधारणको नजिक र लुटेरा गिरोहको जोखिम कम भएका सडकहरू छनौट गर्यो। त्यहाँ काम गर्ने मानिसहरूले भीडलाई भने – सबैले एक बोरा मात्र पीठो लिनु पर्छ, तर मानिसहरू यति भोका थिए कि कसैलाई रोक्न गाह्रो भयो।
डब्लुएफपीले थप भन्यो, “लगभग ८० दिनको पूर्ण नाकाबन्दी पछि, भोका मानिसहरूले कुनै पनि खाद्यान्न ट्रकलाई जान दिने छैनन्।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij