Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

कोरोनाबाट थप ६ जनाको मृत्यु

कोरोनाबाट थप ६ जनाको मृत्यु

  • काठमाडौं । भारतमा कोरोना सङ्क्रमण बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल कोरोना सङ्क्रमणको सक्रिय केसहरूको सङ्ख्या ६ हजार नाघेको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा छ जना कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ । केरला अझै पनि सबैभन्दा बढी प्रभावित राज्य बनेको छ । केरलामा कोरोनाका कुल १९५० केसहरू छन् । त्यसपछि गुजरातमा ८२२, दिल्लीमा ६८६, महाराष्ट्रमा ५९५, कर्नाटकमा ३६६, उत्तर प्रदेशमा २१९, तमिलनाडुमा १९४, राजस्थानमा १३२ र हरियाणामा १०२ जना कोरोनाका केसहरू फेला परेका छन् ।

    images

    पछिल्लो २४ घण्टामा केरलामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भयो भने कर्नाटकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भयो । यसबाहेक तमिलनाडुमा ४२ वर्षीय पुरुष कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार भारतको सक्रिय कोभिड केसहरू पछिल्लो ४८ घण्टामा ७६९ नयाँ सङ्क्रमणसँगै ६ हजार १३३ सक्रिय कोरना सङ्क्रमित पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij