Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इरान

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानको क्षेप्यास्त्र आक्रमणले मध्य र उत्तरी इजरायलमा व्यापक विनाश निम्त्याएको छ ।

  • काठमाडौं । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहान उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको छ भने तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको छ।

    AGNI GROUP

    यसअघि शनिबार राति पनि एक २० वर्षीया महिलाको ज्यान गएको थियो। सोही क्षेत्रमा २० जना घाइते भएका छन्। यसै गरी जुडेयन फुटहिलमा पनि २४ जना घाइते भएका छन्।

    इरानको क्षेप्यास्त्र आक्रमणले मध्य र उत्तरी इजरायलमा व्यापक विनाश निम्त्याएको छ ।

    इजरायली सेना र राष्ट्रिय आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानले शुक्रबार राति दुई ठूला ब्यारेजहरूमा लगभग १०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो जसले मध्य र उत्तरी इजरायलका भवनहरू र सुविधाहरूमा उल्लेखनीय क्षति पुयाएको थियो, ४१ जना घाइते भएका थिए।

    इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै केही समय अगाडि मात्र आणविक संरचनामा हमला गरेको जनाएको छ।

    इरानले पनि भर्खरै इजरायलको अर्को आक्रमण गरेको जनाएको छ। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले त्यहाँका सम्पूर्ण बासिन्दालाई लगातार इरानले आक्रमण गरेका कारण होम ग्राउन्ड कमान्डको निर्देशन अनुसार चल्न भनेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij