Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नाइजेरिया

बन्दुकधारीको क्रूर आक्रमण, १०० जनाको मृत्यु

बन्दुकधारीको क्रूर आक्रमण, १०० जनाको मृत्यु

  • काठमाडौं । नाइजेरियाको मध्य बेनु राज्यको येलेवाटा गाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको एम्नेस्टी इन्टरनेशनल नाइजेरियाले शनिबार रिपोर्ट गरेको छ।

    onlinepatrika
    Arghakhachi

    यो आक्रमण शुक्रबार रातिदेखि शनिबार बिहानसम्म जारी रहेको संस्थाले जनाएको छ।

    AGNI GROUP

    “धेरै मानिसहरू अझै पनि बेपत्ता छन्। दर्जनौं घाइते छन् र पर्याप्त चिकित्सा सहायता पाउन असमर्थ छन्। धेरै परिवारहरू लाई उनीहरूको कोठामा थुनेर जिउँदै जलाइयो,” एम्नेस्टीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक विज्ञप्तिमा भनेको छ।

    एम्नेस्टी इन्टरनेशनलले बेनु राज्यमा आक्रमणका घटनाहरू तीव्र गतिमा बढिरहेको र बन्दुकधारीहरूले पूर्ण दण्डहीनताका साथ मानिसहरू लाई मारिरहेको बताएको छ।

    यी आक्रमणहरूका कारण ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् र अधिकांश पीडित किसानहरू भएकाले यसले खाद्य सुरक्षामा पनि खतरा निम्त्याउँछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij