Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ज्वालामुखी विस्फोट

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

  • काठमाडौं ।  इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडान बुधबार रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर (पाँच हजार एक सय ९७ फिट) अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी मङ्गलबार विस्फोट भएपछि अधिकारीहरूले यसको सतर्कता स्थिति चार–स्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका छन् ।

    AGNI GROUP

    पूर्वी नुसा तेङ्गारामा लेवाटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिका कारण आई गुस्ती नगुराह राय विमानस्थलमा धेरै उडान रद्द गरिएको छ,’ विमानस्थल अपरेटर अङ्कासा पुरा इन्डोनेसियाले एक विज्ञप्तिमा एएफपीलाई बताएको छ ।

    रद्द गरिएका उडानहरूमा अस्ट्रेलियाका सहरहरूमा जेटस्टार र भर्जिन अस्ट्रेलिया सेवाहरू समावेश छन् । यस्तै एअर इन्डिया, एयर न्युजिल्याण्ड, सिङ्गापुरको टाइगरएयर र चीनको जुनेयाओ एअरलाइन्सले पनि ‘ज्वालामुखीका कारण’ उडानहरू रद्द गरेको बालीको अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटले जनाएको छ ।

    जेटस्टारले बुधबार आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा जारी गर्दै बाली जाने र आउने उडानहरू रद्द भएको पुष्टि गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij